
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका शर्माले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
मन्त्री शर्मा दाङ- २ बाट एमाले महासचिव शंकर पोख्रेललाई पराजित गर्दै सांसदमा निर्वाचित भएका थिए ।











