Logo
Logo

पोखरा विमान दुर्घटना- ४६ जनाको शव काठमाडौं ल्याइयो


378
Shares

काठमाडौं । माघ १ मा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाको शब आज काठमाडौं ल्याइएको छ । पहिचान हुन नसकेका, विदेशी नागरिक र आफन्त काठमाडौंमा भएकाको शव हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अन्य २४ जनाको शब भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएको र डिएनए परीक्षण समेत गर्नुपर्ने भएकाले काठमाडौं ल्याइएको हो । विमानमा ७२ जना सवार थिए त्यसमध्ये ७० जनाको मात्रै शब फेला परेको छ । बाँकी दुई जनालाई अझै फेला पार्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्