काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्री बनेका खनालले राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

मन्त्री खनाललाई सिंहदरबारमा प्रविधि सचिव प्रमिलादेवी बज्राचार्य सहितका कर्मचारीले मन्त्रालयमा स्वागत गरेका थिए ।
मन्त्री खनाल काठमाडौं- ६ बाट नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनाललाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।











