काठमाडौं । नेपाली कांग्रेसले बागमतीका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । आज (मंगलबार) बसेको कांग्रेसको प्रदेशसभा बैठकले मुख्यमन्त्री जमकट्टेल विश्वासको मत दिने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जमकट्टेलले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री जमकट्टेललाई विश्वास मत दिने निर्णय गरेको कांग्रेस बागमती प्रदेशका सचेतक कुन्दनराज काफ्लेले जानकारी दिए ।
जमकट्टेल गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । बागमती प्रदेशमा नेपाली कांग्रेसबाट ३७ जना सांसद रहेका छन् ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि विश्वासको मत दिएको थियो ।











