Logo
Logo

ओलीले कांग्रेसलाई भने- राष्ट्रपति र सभामुखमा आँखा नलगाउनु


7.3k
Shares

काठमाडौं । नेकपा (एमाले)का आध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति, सभामुखलगायतका पदमा आँखा नलगाउन आग्रह गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधामन्त्री बन्नुअघि नै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सत्ता साझेदार दलबीच सहमति भइसकेको ओलीले बताए ।

आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको सर्वलीय बैठकमा पुस १० गते नै सत्त साझेदार दलमा सहमित भइसकेको भन्दै त्यसमा आँखा नलगाउन बताएको स्रतोले जानकारी दियो ।

प्रचण्डले पुस १० गते राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी गरेका थिए । सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएको छ ।

एमाले अध्यक्ष आलीकै सहमतिमा प्रधानमन्त्री प्रचण्डले आज बालुवाटारमा आफूलाई विश्वासको मत दिने पार्टीहरुलाई छलफलको लागि बोलाएका थिए ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै मंगलबार मन्त्रीपरिषदले पूर्णता पाएको बताउँदै संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्