Logo
Logo

आर्थिक चलखेलका आधारमा वीर अस्पतालमा २५ नर्सलाई जागिर ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ असोज ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालले आर्थिक चलखेलका आधारमा २५ जना स्टाफ नर्सलाई नियुक्तिको तयारी गरेको छ । विज्ञापन समेत नगरी गोप्य रुपमा नर्स भर्ना गर्न लागिएको हो ।


अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले यसरी चलखेलका आधारमा सर्न भर्ति गर्न लागेका हुन् । विज्ञापन नगरी भर्ना गर्न लागिएको थाहा पाएपछि अस्पतालका कर्मचारीहरुले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइसकेका छन् । बिहीबार नै नर्स नियुक्तिको निर्णय गर्ने सेञ्चुरीको तयारी छ ।
न्याम्सको सेवा आयोगबाट विज्ञापन खुलाएर मात्र कर्मचारी भर्ना गर्ने कानुनी ब्यवस्था छ । त्यसविपरीत आर्थिक चलखेल र सोर्सफोर्सका आधारमा नर्स नियुक्त गर्न लागिएको एक कर्मचारीले बताए । करार भर्नाका लागि विज्ञापन गर्न नपर्ने भन्दै नियम मिच्न लागिएको हो । नर्स भर्नाका लागि चार लाख रुपैयाँसम्म असुल गरिएको स्रोत बताउँछ । सत्तारुढ दलका नेताहरुको आफन्तहरु समेत यसरी भर्ना गर्न लागिएको छ । स्वास्थ्य मन्त्रालयले नर्सको नियुक्ति गर्न ढिलाई गरेको र अस्पतालमा नर्सको अभाव भएको बहाना गरेर सेञ्चुरीले कानून मिलेर भर्ती गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्