Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

मन्त्रिपरिषद् विस्तारदेखि नेप्से बढेकोसम्म


441
Shares

१, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त १२ मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ, एमालेबाट एक राज्यमन्त्रीसहित ८ मन्त्री बने, माओवादी केन्द्रबाट एकजना राज्यमन्त्री र प्रधानमन्त्रीसहित ६ जना मन्त्री, रास्वपाले एक राज्यमन्त्रीसहित चार मन्त्री पाउँदा राप्रपलाई तीन मन्त्रालय, जसपा र जनमत पार्टी भने असन्तुष्ट ।


२, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा सर्वदलीय बैठक सम्पन्न, सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार मन्त्रीपरिषद विस्तार गरेको भनाइ, संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा त्यसको सहजीकरण गर्ने धारणा ।


३, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकबीच चर्काचर्की, प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको र राष्ट्रपति ताकेको प्रसंगमा भनाभन, राष्ट्रपति, सभामुखलगायतका पदमा आँखा नलगाउन ओलीको आग्रह, राष्ट्रपति र सभामुखको सिट बाँडफाँटमा छलफल गर्न कांग्रेस तयार ।


४, संघीय संसद् सचिवालयद्वारा सभामुखको निर्वाचनको कार्य तालिका सार्वजनिक, माघ ४ गते दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता, ४ बजेपछि उम्मेदवारको सूची प्रकाशन गरिने, माघ ५ गते प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने ।


५, नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि गम्भीर भएर छलफल गर्ने नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रतिबद्धता, अहिले देश शोकमा रहेको भन्दै खादामाला नलागाइदिन आग्रह, मन्त्रालयमा भएका विकृतिलाई अन्त्य गर्ने र कुनै भनसुन नचल्ने भनाइ ।


६, यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याइयो, शवको परीक्षण भने भोलि बिहानदेखि सुरु गरिने, शवलाई त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखियो ।


७, नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाहलाई तनहुँ जिल्ला अदालतद्वरा सफाइ, जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै सफाइ दियो, फैसलामा चित्त नबुझे पीडित पक्ष पुनरावेदन जन सक्ने ।


८, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि, नेप्से परिसूचक ३२ दशमलव ७२ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ११ मा कायम, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स चार दशमलव ५८ ले वृद्धि भई चार सय १५ दशमलव ८३ मा पुग्यो ।


९, उपाधिको प्रमुख दाबेदार मानिएको एपिएफ क्लब प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमसँग चार विकेटले पराजित, योसँगै समूह ए बाट सुदूरपश्चिम विजेता र एपिएफ उपविजेता हुँदै सेमिफाइनलमा, जितको लागि ९२ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।


१०, भियतनामका राष्ट्रपति गुएन सुआन फुकद्वारा पदबाट राजीनामा, राजीनामासँगै भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी)तथा त्यसको १३ औँ केन्द्रीय समितिको सदस्यबाट समेत मुक्त, केन्द्रीय समितिको बैठकमा व्यक्तिगत कारणले पद त्यागको घोषणा गरेको जानकारी ।

प्रतिक्रिया दिनुहोस्