Logo
Logo

१ लाख ४० हजार घुससहित इन्जिनियर पक्राउ



सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई मंगलबार कार्यकक्षबाटै रंगेहात पक्राउ गरेको हो ।

निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा ईन्जिनियर साहलाई पक्राउ परेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्