Logo
Logo

बागमतीले ८ मन्त्री पाउँदा कर्णाली रित्तै


1.7k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । १० पुसमा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार दोस्रोपटक मन्त्रिपरिषद विस्तार गर्दै २३ सदस्यीय पुर्‍याएका छन् ।

संवैधानिक व्यवस्थाअनुसार २५ भन्दा बढी मन्त्रालय बनाउन पाइँदैन, अब प्रचण्डले २ जनासम्म मन्त्री थप्न सक्नेछन् । सरकारमा एमालेबाट ८, माओवादी केन्द्रबाट प्रधानमन्त्री र ३, रास्वपा र राप्रपाले क्रमशः ३/३ र जनमत पार्टीबाट १ मन्त्री बनेका छन् ।

माओवादी, रास्वपा र राप्रपाले १/१ राज्यमन्त्री पनि पाएका छन् । मन्त्रिपरिषदमा २३ मध्ये १९ नयाँ अनुहार छन् भने ४ जना मात्रै मन्त्री दोहोरिएका छन् । २३ मन्त्रीमध्ये १७ पुरुष र ६ महिला छन् । १ मुस्लिम मन्त्री बन्दा दलित समुदायबाट कसैले पनि फुल मन्त्री पाएनन् । दलित क्लस्टरबाट माओवादीकी सुशीला श्रीपाली राज्यमन्त्री बनेकी छन् ।

प्रदेश संरचनाअनुसार सबैभन्दा बढी मन्त्री बागमतीले पाएको छ । बागमतीबाट प्रधानमन्त्री र १ राज्यमन्त्रीसहित ८ मन्त्री बन्दा कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेश उपेक्षामा परेका छन् । दोस्रोमा प्रदेश १ ले ५ मन्त्री पाएको छ । यी दुई प्रदेशले पाएको मन्त्रीको संख्या आधाभन्दा बढी हो । यी तीन प्रदेशबाट १–१ जना मात्रै मन्त्री बनेका छन् । लुम्बिनीले ४ र मधेशले २ मन्त्री पाएको छ ।

यस्तो छ प्रदेशअनुसार मन्त्रीको संख्या:

प्रदेश १ बाट राजेन्द्र लिङ्देन ऊर्जामन्त्री, राजेन्द्रकुमार राई भूमि, व्यवस्था तथा सहकारीमन्त्री, सुदन किराती पर्यटनमन्त्री, अमनलाल मोदी सामान्य प्रशासनमन्त्री, विमला राई पौडेल परराष्ट्रमन्त्री बनेका छन् । मधेसबाट भगवती चौधरी महिला बालबालिकामन्त्री, हरि उप्रेती रक्षामन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री बनेका छन् ।

त्यस्तै बागमतीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री, रवि लामिछाने गृहमन्त्री, नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्री, डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री, विक्रम पाण्डे सहरी विकासमन्त्री, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री र दिपकबहादुर सिंह सहरी विकास राज्यमन्त्री बनेका छन् ।

गण्डकीबाट पदम गिरी स्वास्थ्यमन्त्री बनेका छन् । लुम्बिनीबाट रेखा शर्मा सञ्चारमन्त्री, ध्रुवबहादुर प्रधान कानुनमन्त्री, सुशिला श्रीपाली पर्यटन राज्यमन्त्री बनेका छन् । यता अब्दुल खान खानेपानीमन्त्री नियुक्त भएका छन् । तर उनले आफु अनुकुलको मन्त्रालय नपाएको भन्दै शपथ बहिष्कार गरेका छन् ।

कर्णालीबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् । सुदूरपश्चिम प्रदेशबाट दामोदर भण्डारी उद्योगमन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्