काठमाडौं । विख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् ।

बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा विश्वभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई दिइन्छ ।
६८ वर्षीय डा. सन्दुक रुइत इसा अवार्डको पाँचौं संस्करणको विजेता बनेका हुन् । यसको नगद राशि १० लाख डलर अर्थात् झन्डै १३ करोड ८ लाख रुपैयाँ छ । डा. रुइतले यो अवार्ड पाएसँगै मुलुकभरका चिकित्सक उत्साहित भएका छन् ।














