
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकमा सभामुखको उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको छ ।
सभामुखमा आज उमेदवारी दर्ताको समय रहेको छ । कांग्रेसमा अहिले सभामुखमा उमेदवारी दिने र नदिने दुवैथरीका मत रहेको पार्टी प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।
सभामुखजस्तो पदमा विवाद नमिम्त्याउन सहमतिका साथ अघि बढ्नुपर्ने हुँदा नजित्ने अवस्थामा उमेदवारी दर्ता नगर्ने मत रहेको छ भने अर्को समूहले उमेदवारी कायमै राख्नुपर्ने बताउँदै आएको छ ।














