Logo
Logo

देउवासँग भेटेपछि माधव नेपालले भने- हाम्रो पार्टीले सभामुखमा उम्मेदवारी दिँदैन


3.7k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सभामुखमा उम्मेदवारी नदिने भएको छ । बुधबार बिहान नेपाली कांग्रेसका सभापति शेरहादुर देउवासँग भेटपछि अध्यक्ष माधव नेपालले सभामुखमा आफ्नो पार्टीले उम्मेदवारी नदिने बताएका हुन् ।

अध्यक्ष नेपालले अन्य संवैधानिक पदमा कांग्रेससँग मिलेर जाने कुरा भएको बताउँदै उनले भने, ‘हाम्रो पार्टीले सभामुखमा उम्मेदवारी दिँदैन । सभामुख र राष्ट्रपतिसहित अन्य संवैधानिक पदमा मिलेर अघि बढ्ने सवालमा सकारात्मक छलफल भएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा कांग्रेसले सभामुख र राष्ट्रपतिको निर्वाचनबारे छलफलका लागि तयार रहेको बताएका थिए ।

आज देउवाले अध्यक्ष नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका हुन् । देउवा निवास धुम्बाहीमा भएको छलफलपछि कांग्रेस सभामुखमा उम्मेदवारी दिने निर्णयको पुगेको थियो ।

सभापति देउवाले नेपाल र यादवसँग छलफलपछि बसेको पदाधिकारी बैठकबाट यस्तो निर्णय गरेको हो । उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवार भने टुंगो लगाएको छैन । आज दिउँसो २ बजे बस्ने संसदीय दलको बैठकले उमेदवारको टुंगो लगाउने निर्णय गरिएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्