
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा महिलालाई उमेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीस्थित बसेको पदाधिकारीको बैठकले सभामुख पदमा उम्मेदवारी दिने र महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवार भने टुंगो लागेको छैन । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईंमध्ये एक उम्मेदवार बन्ने प्रबल सम्भावना रहेको छ ।
यसबारे औपचारिक निर्णय भने दिउँसो २ बजे बस्ने संसदीय दलको बैठकले निर्णय लिने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।











