काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–बेइजिङ सिधा उडान पुनः सुरु गरेको छ । त्यसका लागि एयरलाइन्सले मंगलबार पहिलो उडान गरेको छ ।
कम्पनीका अनुसार कोरोनाभाइरसको महामारीसँगै चीनका अधिकांश गन्तब्यको उडान अवरुद्ध भएको थियो । तर, महामारी कम हुँदै गएपछि चीनले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई चीनमा उडानको अनुमति खुला गर्दै आएको छ ।

हिमालयले काठमाडौं–बेइजिङमा साताको उडान नियमित उडान गर्ने भएको हो । उडान हरेक शनिबार हुने भएको छ । बेइजिङको डासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयले उडान गर्नेछ । कोभिड महामारीयता काठमाडौंलाई चीनको राजधानी जोड्ने यो मात्र एक उडान हुनेछ ।











