
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । उनले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
बैठकमा मन्त्रालयका नियमित प्रस्तावबारे छलफल र निर्णय हुनसक्ने बताइएको छ । आज बस्न लागेको बैठक प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक मन्त्रिपरिषद विस्तार गरेपछिको पहिलो बैठक हो ।











