Logo
Logo

कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उम्मेदवार बनाउने भएको छ । तर, औपचारिक निर्णय भने गरेको छैन । नेपाली कांग्रेसभित्र न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउनेबारे छलफल भइसकेको एक नेताले बताएका छन् ।

यसअघि बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको थियो । बैठकपछि सभापति देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

सो छलफलपछि माधव नेपालले आफ्नो पार्टीले सभामुखमा कांग्रेसलाई समर्थन गर्ने बताएका थिए । त्यसपछि कांग्रेसले ईश्वरीलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धनको तर्फबाट एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्