काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा उम्मेदवार बनेका एमाले सांसद देवराज घिमिरेले आफू निर्वाचित विगतमा सभामुखमाथि लाग्दै आएका आरोप प्रत्यारोपबाट भए सबैलाई समेटेर अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।

बुधबार उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले आफ्नो विजय सुनिश्चित रहेको पनि बताए । उनले सभामुख कार्यकारीको छायाँ भएको भन्ने आरोपहरू लाग्ने गरेपनि अब सभामुखको भूमिका निष्पक्ष र प्रभावकारी हुने बताए ।
घिमिरेको प्रस्तावकका रूपमा एमालेका सुवासचन्द्र नेम्वाङ रहेका छन् । त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई समर्थन गरेका छन् ।














