काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने टिप्पणी गरेका छन् । बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बन्नुहुनेछ ।’ प्रधानमन्त्री प्रचण्डले सकारात्मक जवाफ दिइसक्नुभएको हो भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘अहिलेलाई यति मात्र कुरा गरौं, यसमा धेरै टिप्पणी गर्नु उचित हुँदैन । अहिले हामी सभामुखको चरणमा छौं, सभामुखको चरण सकिएपछि जब राष्ट्रपतिको समय आउँछ ।’














