Logo
Logo

सभामुख निर्वाचनका लागि कांग्रेसको ह्ववीप


3.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखका लागि मतदान हुँदैछ । सभामुख निर्वाचनमा कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभाको सभामुखका लागि न्यौपानेले कांग्रेस र नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

प्रमुख सचेतक रमेश लेखकले सभामुखको निर्वाचनमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न हृवीप जारी गरेका हुन् ।

दलको कार्यालयका विजयेन्द्र वीर आलेले प्रमुख सचेतक लेखकले देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप जारी गरेको जानकारी दिए ।

प्रतिनिधिसभाको बिहीबार बिहान ११ बजे बस्ने बैठकमा संविधानको धारा ९१ एवम् प्रतिनिधिसभा नियमावली ०७५ बमोजिम सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रस्तुत हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्