काठमाडौं । सरकारले उखुको मूल्य प्रति क्विन्टर ५४० रुपैयाँ तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको ढुवानी भाडा प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

अर्थमन्त्री पौडेलले क्रसर उद्योगबारे सरकारले अध्ययन गरिरहेको बताए । उनले सम्बन्धित पक्षका पनि कुरा सुनेर छिट्टै समस्या समाधान गर्ने बताए ।
क्रसर उद्योगको विषयमा थप अध्ययन गरी सम्बन्धित पक्षको भनाइ सुनेर छिट्टै निर्णयमा पुग्ने उनले बताए ।














