Logo
Logo

मन्त्रीले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी राख्नुपर्ने


1.1k
Shares

काठमाडौं । सरकारले विदेशी प्रतिनिधि भेट्नका लागि अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने निर्णय गरेको छ । 

बुधबार बसेको  मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो ।

बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा. देवराज अधिकारीलाई नियुक्त गरेको छ । सरकारले भौतिक योजना तथा यातायात मन्त्रालयका सचिवलाई ऊर्जामा र ऊर्जाका सचिवलाई भौतिक मन्त्रालयमा सरुवा गरेको छ । 

प्रतिक्रिया दिनुहोस्