Logo
Logo

सभामुखको निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको माग


8.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसले सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न माग गरेको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलले आजको कार्यसूची स्थगित गरेर सरकारले जहाज दुर्घटनाबारे जानकारी गराउन माग गरेका हुन् ।

उनले माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति सरकारले संसदमा कुरा नउठाएको प्रति आपत्ति जनाउँदै रुलिङको माग गरे । उनले भने, ‘सरकार सदनप्रति उदाशीन, पीडित परिवारप्रति निरपेक्ष र जनताका प्रति कर्तव्यविमुख हुन सक्दैन । अहिले नै सभामुखमार्फत सरकारलाई रुलिङ गरियोस् । सरकारले त्यस विषयमा सदनलाई तत्काल जानकारी गरावस् । सरकारले सदनमार्फत् जनतालाई आश्वस्त पारोस् ।’ आज सभामुखको निर्वाचन गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्