काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृहमन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

यसअघि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए/नभएको निक्र्यौल गरेरमात्र बैठक बैठक चलाउन माग गरेका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद लामिछानेले यस्तो बताएका हुन् ।
उनले भने, ‘विधि र पद्धतिभन्दा बारिह गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु ।’ उनले आफ्नो नेतृत्वको मन्त्रालयले कर्मचारी सरुवा बढुवामा समेत विधि स्थापित गर्न चाहेको बताए ।














