काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सभामुखको निर्वाचनमा कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई मत दिने भएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुखको उम्मेदवारको प्रस्तावमाथिको छलफलमा भाग लिँदै लोसपाका सांसद शरतसिंह भण्डारीले आफूहरू प्रतिपक्षमा रहेकाले सभामुखमा न्यौपानेलाई समर्थन गर्ने बताएका हुन् ।

उनले भने, ‘हामी प्रतिपक्षमा छौं । प्रतिपक्षीको भूमिका निर्वाह गर्दै नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रस्ताव गर्नुभएको सभामुखको उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने हाम्रो निर्णय भएको छ ।’ अहिलेसम्म प्रतिपक्षमै रहेको जसपाले भने एमालेका देवराज घिमिरेलाई मतदान गर्ने जनाइएको छ ।














