Logo
Logo

स्वतन्त्र तीन सांसदको समर्थन देवराज घिमिरेलाई


1.6k
Shares

काठमाडौं । स्वतन्त्र हैसियतमा निर्वाचन जितेका तीन सांसदहरुले सभामुखको निर्वाचनमा आफ्नो समर्थन देवराज घिमिरेलाई रहने बताएका छन् ।

बिहीबार सभामुखको उम्मेदवारहरुको प्रस्तावमाथिको छलफलमा भाग लिँदै स्वतन्त्र सांसदहरुले आफ्नो पक्षधरता खुलाएका हुन् । अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले धारणा राख्दै घिमिरेलाई मत दिने बताएका हुन् ।

बिहीबार प्रतिनिधि सभाको सभामुखका लागि निर्वाचन हुँदैछ । एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्