Logo
Logo

कांग्रेसले होइन, ओलीले चाहिँ ढोक्सा थाप्नुभयो : विश्वप्रकाश


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भए पनि संसदको ठूलो दल भएकाले जिम्मेवार रुपमा प्रस्तुत हुने बताएका छन् ।

बिहीबार संसद् भवनमा सभामुखको निर्वाचनपछि पत्रकारहरुसँग कुरा गर्दै शर्माले कांग्रेस संसद्‌मा जिम्मेवार, सालिन तथा सबल प्रतिपक्षको भुमिकामा रहेने बताए।

उनले कांग्रेसले सभामुखको निर्वाचनमा भाग लिएको बताउँदै राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्दै गर्दा परिणामुखी नतिजा ल्याउने गरि तयारी गर्ने दाबी गरे।

शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका लागि ढोक्सा थापेको टिप्पणी गरे । उने भने, ‘पूर्वप्रधानमन्त्रीज्यूले हामीलाई ढोक्सा थापेको भन्नुहुन्थ्यो । तर, उहाँले चाहि थाप्नुभएको रहेछ । चुनावमा जाँदै गर्दा हामी एउटै गठबन्धन बनाएर गएका थियौं । १० गते ३ बजे सहमति नभए ५ बजेसम्ममा त हुन्थ्यो होला । हाम्रो बिचमा कुरा नमिलिरहेको बेलामा ढोक्सा कमरेड ओलीले थाप्नुभएको थियो । जसमा उहाँ सफल हुनुभयो ।’

जनताले सरकार र शितलनिवासको नेतृत्वको अपेक्षा गरेर नै कांग्रेसलाई पहिलो दल बनाएको जिकिर पनि गरे ।

प्रतिक्रिया दिनुहोस्