Logo
Logo

आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हट्यो


1.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्थालाई हटाएको छ ।

राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै नगद मार्जिन राख्नुपर्ने हटाएको हो । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाइएको जानकारी दिए ।

“बैंकहरूले जोखिम लागेको खण्डमा आफ्नो किसिमले नगद मार्जिनको व्यवस्था तोक्न सक्नेछन्,” उनले भने, “राष्ट्र बैंकले भने यो व्यवस्था हटाएको हो ।”

राष्ट्र बैंकले गत वर्षदेखि गाडी,मदिरा लगायत बिलासी वस्तुको आयातमा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था राखेको थियो । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले नगद मार्जिनको व्यवस्था हटाउन केन्द्रीय बैंकलाई सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्