Logo
Logo

बेपत्ता खत्रीको शव सशस्त्रको गोताखोर टोलीद्वारा फेला


1.4k
Shares

 काठमाण्डौं । काठमाण्डौंको कीर्तिपुर नगरपालिका-६ चोभारस्थित जलविनायक पुल नजिकै कार दुर्घटना हुँदा बागमती नदीमा खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आज फेला पारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण तथा नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करिब सय मिटर तल फेला पारेको हो । तीन दिनपछि फेला पारिएको उनको शवलाई आजै सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले नेपाल प्रहरीलाई बुझाएको छ ।

यही माघ २ गते बा५च ५६५४ नम्बरको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार काठमाडौं दक्षिणकाली नगरपालिका-१ बस्ने अन्दाजी ४० वर्षीय राजकुमार खत्री बेपत्ता भएका थिए । उक्त दुर्घटनामा अम्बिका लामिछाने घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्