काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा हुने भएको छ ।
युवा सङ्घको बिहीबार बसेको पदाधिकारी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा महाधिवेश गर्ने निर्णय गरेको हो ।

यसअघि युवा सङ्घको आठौँ राष्ट्रिय महाविधेशन विसं २०६९ मा बुटवलमा भएको थियो । त्यसयता सहमतिको आधारमा पार्टीले युवा सङ्घको केन्द्रीय कमिटी बनाउँदै आएको थियो ।
बुटवलमा भएको महाधिवेशनमा महेश बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि सहमतिको आधारमा निरु पाल, राजिव पहारी, रमेश पौडेल र बचनबहादुर सिंह युवा सङ्घको अध्यक्ष भए ।
महाधिवेशनका लागि आगामी फागुन महिनाभित्र जिल्ला, पालिका र वडास्तरको अधिवेशन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।
महाधिवेशनका लागि अध्यक्ष पौडेलको संयोजकत्वमा महाविधेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ ।











