सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् ।

शर्माले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने पत्र गत मंगलबार दर्ता गरेका थिए ।
हाल मुख्यमन्त्री शर्माले नै प्रदेश सरकारका आठ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । यद्यपि १ विना विभागीय मन्त्रीको रुपमा विनोद कुमारशाह र मङ्गल शाही नियुक्त भएका छन् ।











