Logo
Logo

हुम्लामा यसवर्षकै पहिलो हिमपात


252
Shares

काठमाडौं । हिमाली जिल्ला हुम्लामा विहानै देखि हिमपात सुरु भएको छ । सिमकोट, बरगाउँ, बुराउसे, डाँडाफया लगायतका बस्तीहरुमा भारी हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको छ ।

हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको स्थानीय छपाल लामाले बताइन् । उनका अनुसार सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल समेत घटेको छ ।

यसअघिका वर्षहरुमा मंसिरदेखि नै हुम्लामा हिमपात हुने गरेको थियो । तर यसवर्ष भने ढिला गरि माघ पहिलो साता हिमपात सुरु भएको हो ।

माघ महिनाको हिमपातले गर्दा हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएको छ । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी क्षेत्रमा पनि भारी हिमपात भएको छ ।

प्रतिक्रिया दिनुहोस्