काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पदभार ग्रहण छन् ।

घिमिरेले शुक्रबार राष्ट्रिपति कार्यालयमा आयोजित समारोहमा शपथ ग्रहण गरेपछि संसद सचिवालयको कार्यकक्षमा पुगेर कार्यभार सम्हालेका हुन् ।
पदभार ग्रहणपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताए ।
‘नेपाली जनताको प्रतिनिधि संस्थालाई अझ बढी व्यवस्थित, क्रियाशिल र अझ बढी मर्यादित बनाउन सबैको प्रत्यन हुनेछ । यसको नेतृत्व गर्ने जिम्मेवारी मैले पाएको छु,’ उनले भने ।
साथै उनले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।
एमालेका घिमिरे बिहीबार सभामुख निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुख निर्वाचित भएका थिए ।











