Logo
Logo

एउटा कार्यक्रममा एकै साथ दुई वटा रिबन काटेपछि दुई मन्त्री आलोचित 


4.1k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की विवादित बनेका छन् । 

हिजो (बिहीबार) वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्याब सञ्चालनमा ल्याएको थियो । उक्त ल्याब स्वास्थ्यमन्त्री गिरी र स्वास्थ्य राज्यमन्त्री कार्कीले रिबन काटेर उद्घाटन गरेका थिए । 

उनीहरूले एउटा कार्यक्रममा एकै साथ दुई वटा रिबन काटेर उद्घाटन गरेका थिए । सोही कारण अहिले उनीहरु विवादित बनेका हुन् । 

मन्त्रीद्वय गिरी र डा. कार्कीले एउटा कोठाको गेटमा राखिएका दुई वटा रिबनलाई एकसाथ कैँचीले काटेको तस्वीरमा राखेर अहिले सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणी भइरहेको छ । 

उक्त तस्बिर मन्त्री डा. कार्कीले पनि सामाजिक सञ्जालमा फेसबुकमा राख्दै वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्याब सञ्चालन आएको जानकारी गराएकी दिए । तर, चौतर्फी आलोचना भएपछि अहिले उनले उक्त तस्बिर हटाएका छन् ।

उनीहरूलाई उद्घाटनका लागि रिबन काट्ने मोह जागेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्