Logo
Logo

उपमहासचिव वर्षमान पुन डिस्चार्ज


2.5k
Shares

काठमाडौं । चिकित्सकको निगरानीमा रहने गरी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन् ।

वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उनी आज डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ ।

माघी मनाउनका लागि रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार हेलिकप्टरोमार्फत् काठमाडौँ ल्याइएको थियो ।

चिकित्सकले पर्याप्त आराम गर्न र धपेडी नगर्नसमेत नेता पुनलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्