Logo
Logo

सरकारले तोक्यो न्यायाधीशको तलब


756
Shares

काठमाडौं । नेपाल सरकारले न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवा तोकेको छ ।

बढेको तलबमान साउन १ गते देखि लागू हुने गरि सरकारले माघ ५ गतेको राजपत्रमा सूचना प्रकाशन गरेको हो ।

सरकारले निर्धारण गरेको पारिश्रमिक अनुसार प्रधानन्यायाधीशको तलब १ लाख २ हजार २९३ रहेको छ ।

त्यस्तै, सर्वोच्चका न्यायाधीशको ८५ हजार ०४३, उच्च अदालतका मुख्य न्यायाधीशको ८० हजार ७०७, उच्च अदालतका न्यायाधीशको ७६ हजार ३८३ र जिल्ला न्यायाधीशको ६४ हजार ८९५ तलबमान रहेको छ ।

यस्तै, महान्यायाधिवक्ताको ८५ हजार ०४३, न्याया परिषद्का सदस्यको पनि ८५ हजार ०४३, राष्ट्रिय योजना आयोगका उपाध्यक्षको ७९ हजार ३८५ र सदस्यहरुको ७७ हजार ६६० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्