
१, नेपालका सच्चा कम्युनिष्टहरूको एउटै केन्द्र बनाउन आवश्यक भएको प्रधानमन्त्री प्रचण्डको भनाइ, कम्युनिस्टहरूको एउटै केन्द्र बनाउनु पर्नेमा जोड, प्रधानमन्त्रीसमक्ष नेकपा बहुमतद्वारा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत ।

२, जिल्ला अदालत मकवानपुरद्वारा हेटौंडा उपमहानगरपालिका–४ का २४ वर्षीया सुस्मिता केसीको परिवारबाटै हत्या गरेको ठहर, नन्दद्वय र ज्वाइँलाई जन्मकैद फैसला, ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद, सुस्मिताकी सासूलाई १० वर्ष कैद ।

३, नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयद्वारा प्रहरी प्रधान कार्यालयलाई निर्देशन, गृहमन्त्री रवि लामिछानेको मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्ष, कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन ।

४, सरकारले तोक्यो न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवा, बढेको तलबमान साउन १ गते देखि लागू हुने, सरकारले निर्धारण गरेको पारिश्रमिक अनुसार प्रधानन्यायाधीशको तलब १ लाख २ हजार २९३, सर्वोच्चका न्यायाधीशको ८५ हजार ०४३, उच्च अदालतका मुख्य न्यायाधीशको ८० हजार ७०७, उच्च अदालतका न्यायाधीशको ७६ हजार ३८३ र जिल्ला न्यायाधीशको ६४ हजार ८९५ ।

५, प्रतिनिधिसभाको उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरद्वार उम्मेदवारी दर्ता, नेपाली कांग्रेसको तर्फबाट मुक्ताकुमारी यादवको उम्मेदवारी, यादवलाई मतदान गर्न कांग्रेसको ह्विप ।

६, मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार, नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि शुक्रबार गोरखाका ३ सहित १२ जना नेपाल फर्किए, गोरखाका विष्णुप्रसाद ढकाल, सुजन गोतामे, टीकाराम गोतामे, मकवानपुरका प्रदीप कोइराला र भेषबहादुर सुवेदी, उदयपुरका इन्द्रबहादुर क्षेत्री, सप्तरीका सुनील अधिकारी, रौतहटका हजारीप्रसाद पटेल, विरवलराय यादव, हिरालाल राउत, चितवनका सन्तोष परियार र धादिङका सुरज खड्का नेपाल फर्किए ।

७, नवनिर्वाचित सभामुख देवराज घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिए पद तथा गोपनीयताको शपथ, राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ, सभामुख घिमिरेद्वारा लैनचौरस्थित शहीद स्मृति स्मारक गई शहीदप्रति श्रद्धाञ्जलि अर्पण ।

८, सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन जिल्लाका उखु उत्पादक किसानको माग, सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन मूल्य तोकेको बताए पनि यसबाट आफूलाई फाइदा नहुने किसानहरुको भनाइ ।

९, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, नयाँ सिजनको शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुने, लिग डबल राउण्ड रोबिनको आधारमा हुने खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने, लिगको पहिलो खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्ने ।

१०, निवृत्तिभरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको विरोधमा फ्रान्समा देशभर प्रदर्शन, १० लाखभन्दा बढी नागरिक जुलुसमा सहभागी, देशव्यापी हडतालले सार्वजनिक यातायात, विद्यालय र सार्वजनिक सेवा प्रभावित ।












