Logo
Logo

सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्रीलाई जरिवाना



लण्डन । चलिरहेको कारमा सिट बेल्ट नलगाएको भन्दै प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ ।

लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिवानाको सशर्त प्रस्ताव जारी गरेको बताएको छ । प्रहरीका अनुसार सुनकले यो गल्ती हो भनेर पूर्ण रूपमा स्वीकार गर्दै माफी मागेका छन् भने उनले जरिवाना पनि तिर्नेछन् ।

सिट बेल्ट नलगाउने यात्रुलाई एक सय पाउन्ड जरिवाना गर्न सकिन्छ। यदि मुद्दा अदालतमा पुग्यो यो ५ सय पाउन्डसम्म बढ्न सक्छ। भिडियो खिचिएको बेला प्रधानमन्त्री लङ्काशायरमा थिए, इङ्गल्याण्डको उत्तरी यात्राको क्रममा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्