Logo
Logo

कस्तो रहला आजको मौसम ?


378
Shares

काठमाडौं । आज बिहान प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहेको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति वाग्मती प्रदेश, मधेस प्रदेश, प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रहने छ । महाशाखाका अनुसार देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेको जनाकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्