
काठमाडौं । नेपाल तामाङ घेदुङले आज काठमाडौंमा बृहत् तामाङ सांस्कृतिक महोत्सव आयोजना गर्दैछ ।
सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा हुने महोत्सवको प्र्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् ।
प्रचण्डले आज दिउँसो १ बजे टुँडिखेलमा बृहत् तामाङ सांस्कृतिक महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ल्होसार मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।














