Logo
Logo

राष्ट्रपति बाइडेन निवासमा छापा, गोप्य दस्ताबेज जफत



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा अमेरिकी न्याय विभागले छापा मारेको छ ।

बाइडेनको डेलावेरको वेलमिङटनस्थित घरमा छापा मार्दा फेला परेको थप छ गोप्य दस्ताबेज अमेरिकी अधिकारीहरूले जफत गरेका हुन् ।

गत शुक्रबार विलमिङ्टनस्थित उनको अर्को घरबाट पनि यस्तै केही दस्तावेज फेला परेको थियो । यी दस्तावेजहरू बाइडेन उपराष्ट्रपति र सिनेटर भएको समयको भएको बताइएको छ ।

कतारी विश्व च्यानल अलजजिराका अनुसार गोप्य दस्ताबेज जफत भएको बाइडेनका वकिल बोब बाउरले पुष्टि गरेका छन् । डेलावेर क्षेत्रबाट बाइडेन सन १९७३ देखि २००९ सम्म सेनिटर भएका थिए । उक्त घरबाट ओबामा कालमा उपराष्ट्रपति हुँदाका २००९ देखि २०१७ सम्मका गोप्य दस्ताबेज पनि भेटिएको बताइएको छ ।

शुक्रवार अमेरिकी न्याय विभागका अधिकारीहरूले १३ घण्टा खानतलासी गरेर गोप्य दस्ताबेज जफत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्