काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेपालीले देश विदेशमा मनाउने पर्वले आपसी सदभाव, मेलमिलाप तथा बन्धुत्वको भावना विकास हुनुका साथै मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षण हुने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।
नेता खनालले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘२०७९ सालको सोनाम ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
सोनाम ल्होसारलाई तामाङ समुदायले सांस्कृतिक महत्वका साथ मनाउने गरेको उल्लेख गर्दै नेता खनालले भनेका छन्, ‘नेपालीहरुले देश विदेशमा मनाउने यस्ता पर्वले आपसी सदभाव, मेलमिलाप तथा बन्धुत्वको भावना विकास हुनुका साथै हाम्रा मौलिक परम्परा, संस्कार र संस्कृतिको संरक्षण तथा संवद्धन पनि हुन्छ । त्यसैले यी चाड पर्वहरुको सन्दर्भमा म सम्पूर्ण नेपाली जन समुदायलाई अझ बढी अग्रगति, प्रगति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’











