
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा चुँडाललाई पक्राउ गरेको हो ।
अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा प्रमुख चुँडाललाई नियन्त्रणमा लिएको हो ।














