Logo
Logo

भैरहवाको ‘जेल रेष्टुरेन्ट’ बन्द


756
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भैरहवाले देवकोटा चोकमा रहेको ‘जेल रेष्टुरेण्ट’ बन्द गराएको छ ।

आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएपछि उक्त रेष्टुरेण्ट बन्द गराएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

उनका अनुसार त्यहाँ रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो प्रशासनले जफत गरेको छ ।

जेल रेष्टुरेण्टमा आउने ग्राहकलाई लक्षित गरी रेष्टुरेण्टको कोठा जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाइएकाले रेष्टुरेण्ट बन्द गराएको हो ।

फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो । सहायक प्रजिअ अर्यालले रेष्टुरेण्ट बन्द गर्न लगाइ भोलि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको बताए ।

उनले यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुन अनुसार कारबाही गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्