Logo
Logo

देउवाले संसदबाट पाउनेछन् यस्ता सेवा सुविधा


4.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ । सोमबार संसद सचिवालयले पत्र लेख्दै कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएको हो ।

यससँगै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सेवासुविधा पाउने छन् ।
जसअनुसार विपक्षी दलका नेताले प्रतिमहिना पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ पाउनेछन् ।

त्यस्तै विशेष भत्ता प्रतिमहिना १ हजार, बैठक भत्ता प्रतिदिन १ हजार, सञ्चार सुविधा प्रतिमहिना ३ हजार, आवास सुविधा प्रति महिना २५ हजार ६ सय ८ रुपैयाँ पाउनेछन् ।

त्यस्तै फर्निचर खर्च एकमुष्ट १५ हजार, निजी सचिवालय बन्दोबस्त १ हजार ७ सय ५०, सवारी इन्धन प्रतिमहिना २३० लिटरलगायतको सुविधा पनि पाउने व्यवस्था छ।

त्यस्तै विपक्षी दलका नेतालाई स्वकीय सचिव, सवारी चालक र सुरक्षालगायतका सेवा पनि उपलब्ध हुन्छ । संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेस अप्रत्यासित रुपमा संसद बाहिर पुगेको थियो ।

उसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने आँकलन गरिएको थियो । तर, पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि कांग्रस अब प्रतिपक्षी दल हो या होइन भन्ने प्रश्न खडासमेत भएको थियो ।

तर, सोमबार संसद सचिवालयले पत्र लेखेसँगै कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेको हो ।

प्रतिक्रिया दिनुहोस्