Logo
Logo

बारामा एकैदिन पक्राउ परे ३३२ जना फरार प्रतिवादी



बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न आरोपमा दोषी ठहर भई फरार रहेका ३३२ जना फरार प्रतिवादीलाई एकैदिन पक्राउ गरी अदालतमा पेस गरेको छ ।

जिल्ला अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार सूचीमा रहेका उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको हो । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत सोमबार मात्रै विभिन्न मुद्दाका ३३२ जना फरार पक्राउ गरिएको प्रहरीले जानएको हो ।

प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी जिल्ला अदालत बारामा आवश्यक कारबाहीको लागि बुझाएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

अदालतबाट कैद तथा जरिवानाको फैसला सजाय भई कारबाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका ठुलो संख्यामा फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये कलैया उपमहानगरपालिका वडा नं. १ बस्ने विजय दासलाई अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय र ७ लाख रुपैँया जरिवानासमेत तोकिएको छ । उनीलाई बैकिङ कसूर मुद्दामा जिल्ला अदालत बाराले आदेश गरेको हो ।

पचरौता नगरपालिका वडा नं।२ बस्ने एजाजुल हक अन्सारीलाई हातहतियार खरखजाना मुद्दामा २ वर्ष ११ महिना ६ दिन कैद सजाय भएको छ । यो सजाय पाउनेमा जिल्लाको निजगढ नगरपालिका वडा नं. १ बस्ने बासु चौधरी लगयात भएको डिएसपी थापाले जानकारी दिए ।

पक्राउ परेका मध्ये ३६ जनालाई थुनुमा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ भने बाँकीलाई जरिवाना भुक्तान गराई मुक्त गरिएको उनले बताए । प्रतिवादी पक्राउ परी कारबाहीको दायरामा आएसँगै फैसला कार्यान्वयन गरी समाजमा सुरक्षाको अनुभुति दिलाउने, अपराध गरिसकेपछि कोही पनि तोकिएको सजाय, जरिवानाबाट मुक्त हुने छैन भन्ने सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्