Logo
Logo

बालुवाटारमा ओली-प्रचण्डबीच भेटवार्ता


1.5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न आज बिहान बालुवाटार पुगेका हुन् । प्रदेशमा मन्त्रिपरिषद विस्तारमा सकस भइरहँदा दुई नेताबीच भेटवार्ता भएको हो ।

सबै प्रदेशमा मुख्यमन्त्री नियुक्त भए पनि प्रदेश १ बाहेक अन्य कुनै प्रदेशले मनत्रीपरिषदलाई पुर्णता दिन सकेका छैनन् । भागबण्डामा सकस हुँदा अधिकांश प्रदेश प्रमुखहरु काठमाडौंमा भेला भएका छन् । उनीहरुले शीर्ष नेतृत्वलाई भेटबार्ता गरि केन्द्रको निर्देशन पर्खिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बीच आजको भेटमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्