Logo
Logo

डीन कार्यालयमा लगाएको ताला खोलेपछि आईओएमका विद्यार्थी र प्रहरीबीच झडप


630
Shares

काठमाडौं । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विद्यार्थीले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले लगाएको ताला प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि स्थिती तनावग्रस्त भएको थियो ।

प्रहरीले विद्यार्थीमाथि सामान्य लाठी प्रहार गरेको छ भने केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्