Logo
Logo

ज्यानको बाजी राखेर सेतीको खोंचबाट शव निकाल्ने सशस्त्रका जवान सम्मानित



काठमाडौं । सशस्त्र प्रहरी सहायक हवल्लार दीर्घनारायण पौडेल ‘सर्वोत्क्रिष्ट बर्ष जवान’ द्धारा सम्मानित भएका छन् । २२ औं शसस्त्र प्रहरी दिवसको अबसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पोखरास्थित नम्बर २४ गणमा कार्यरत पौडेललाई ‘सर्वोत्क्रिष्ट बर्ष जवान’ द्धारा सम्मान गरेका हुन् ।

पौडेलले ज्यानको बाजी राखेर २०७९ माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव निकालेका थिए । उनले सेतीको खोचमा डोरीको साहयताले गएर छरपस्ट रहेका शवहरु खोज्ने देखी हराएका शवहरु पानी भित्र डुबेर निकाल्ने सहासी काम गरेका थिए ।

उनले उद्धारका क्रममा कतिलाई नयाँ जीवनसमेत दिएका छन् भने ज्यानको बाजी लगाएर फेवातालमा डुबेर कुहिन लागिसकेका शव निकालेका छन् । नगरकै आडमा रहेको फेवाताल र बेगनास ताल, सेती खोंच, डेभिस फल्स (पातले छांगा) यी सबै पर्यटकको रोजाइमा पर्ने गर्दछन् ।

डुंगा सयर, प्याराग्लाइडीङ लगायतबाट हुने दुर्घटनाको क्षति कम गर्न सशस्त्र प्रहरी बलले त्यहाँ तालिम प्राप्त उद्धार टोली तैनाथी अवस्थामा राख्दै आएको छ । सोही टोलीमध्येका एक हुन् पौडेल । उनको साहसीको जति नै चर्चा गरेपनि कम हुने सशस्त्र प्रहरीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्