
काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकले प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठन गरेको छ । आज (मगलबार) दिउँसो १ बजे बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७५ लाई संशोधन २१ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला रहेका छन् ।
त्यस्तै रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भ्टटराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।
प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मतले पारित गरेको छ । समितिलाई १५ दिनको समय तोकिएको छ । समितिले सिफारिस गरेको प्रतिवेदन बमोजिम नियमावली सम्सोधन गरिने छ ।











