Logo
Logo

जुहारीमा रमाउँदै बालेन, उनकै पक्षमा बोल्दा पनि दीपकराजमाथि खनिए


4.3k
Shares

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा धेरै दिनदेखि जुन सुकै व्यक्तिसँग पनि जुहारी खेल्न थालेका छन् ।

उनी धेरै दिन अघि चलचित्र निर्देशक विशाल भण्डारीसँग सामाजिक सञ्जालमा जुहारी खेली आलोचना व्यहोरिरहेका उनी आज फेरि हाँस्य कलाकार दीपकराज गिरीसँग जुहारी खेल्न पुगेका छन् ।

अभिनेता गिरीले गृहमन्त्री रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साह बालेनको समर्थन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा उल्टै बालेनले प्रश्न गरेका छन् ।

गिरीले राजनीतिक दलहरुलाई वर्षौंसम्म कुरेको भन्दै रवि बालेनहरुलाई कम्तीमा पाँच वर्ष कुरौं भनेर लेखेका छन्– ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षौ विश्वास गर्यौं, अब रवि बालेनहरू आएका छन् । उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’

हाँस्य कलाकार गिरीले बालेनको समर्थनमै स्टाटस लेखेका थिए । तर, के बुझेर हो या नबुझेर बालेनले त्यसमा पनि आक्रोशित भाव व्यक्त गरेका छन् । अहंकारयुक्त प्रतिक्रिया दिएका छन् ।

उनले गिरीको लेखमा जवाफम दिएका छन्, ‘बालेनहरु भनेको कति जना हो ? बालेन जस्तै अरु पनि २, ३ जना छन् ? छन् भने किन ५ वर्ष कुर्नु ?’

प्रतिक्रिया दिनुहोस्